काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएको हुन् ।
बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरे। बस्नेतले ७ हजार २०१ मत प्राप्त गर्दा आचार्यले ५ हजार १९२ मत ल्याएका छन्।
त्यसैगरी, उपमेयरमा पनि कांग्रेसकी वसन्ती तामाङ ७ हजार ६२३ मतसहित निर्वाचित भएकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई पराजित गरेकी हुन् । न्यौपानेले ४ हजार ८३० मत पाएकी छन् ।





























प्रतिक्रिया