पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका समरबहादुर अधिकारी निर्वाचित भएका छन् । एमालेका भुवानीप्रसाद लिङ्देनलाई २ सय ७ मतान्तरले हराउँदै अधिकारी अध्यक्षमा उनी निर्वाचित भएका हुन् ।
अधिकारीले ४ हजार ५ सय ६५ मत प्राप्त गर्दा लिङ्देनलाई ४ हजार ३ सय ५८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपाध्यक्ष पदमा भने नेकपा एमालेकी सुमित्रा उप्रेती सेढाईं विजयी भएकी छिन्। उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका भवानीप्रसाद लिङ्देनलाई १८ मतले हराएकी हुन् ।
हिलिहाङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको गठबन्धन भएको थियो भने एमालेले राप्रपासँग तालमेल गरेको थियो।































प्रतिक्रिया