उदयपुरगढी गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार विजयी

उदयपुरगढी गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर अध्यक्षमा निर्वाचित भएका हुन्। मगरसँग एमालेका अध्यक्षका उम्मेदवार गोपालबहादुर खत्री पराजित भएका हुन्। निर्वाचित मगरले ४९४२ मत प्राप्त गरे भने पराजित खत्रीले ४११४ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका जितबहादुर खड्का निर्वाचत भएका छन् । उनले ४६४६ मत पाए । उपाध्यक्षमा पराजित नेकपा एमालेका उम्मेदवार शोभाकुमारी मगरले ३८६३ मत पाए ।

Skip This
Skip This
Logo