मतगणना ढिलो हुन थालेपछि छिटो मत परिणाम दिनका लागि भरतपुर महानगरपालिकाको मतगणना थप ५ ठाउँबाट हुने भएको छ।
मत परिणाममा निकै ढिलाइ भएको भन्दै राजनीतिक दलहरु सम्मिलित सर्वदलीय बैठकले सोमबार साँझ सर्वदलीय बैठक बसेर मतगणना केन्द्र थप गर्न लागिएको माओवादी केन्द्रका बागमती प्रदेश सदस्य गोपाल न्यौपानेले बताए ।
छिटो मत गणना गर्नका लागि गणना केन्द्र थप गर्न सबै दलहरुबीच सहमति भएको हो । त्यसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारीसमेत थालेको छ। उनका अनुसार जाली हाल्ने काम भइरहेको र भोलि (बुधबार) देखि मतगणना सुरु गरिनेछ। अब भरतपुरमा १२ स्थानबाट मतगणना हुनेछ ।































प्रतिक्रिया