सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जित निकाल्दै खाता खोलेको छ ।
कंकालिनीका निवर्तमान मेयर सोत रहेका शैलेशकुमार साहलाई हराउँदै वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन् । माझीले ६ हजार ४ सय ७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी राजपाका उम्मेदवार साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे ।
०७४ सालको स्थानीय तह निर्वाचनमा माझी उनै साहसँग पराजित भएका थिए । ०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए ।
यस्तै, उपमेयरमा जसपाकी सरितादेवी सिपलिया यादव दोहोरिएकी छन् । ६ हजार ५ सय १२ मत प्राप्त गर्दै उनी उपमेयरमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले ५ हजार ९ सय ८२ मत प्राप्त गरिन् ।





























प्रतिक्रिया