पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले १ हजार ९५९ मतले अगाडि रहेका छन् ।
३६ हजार ८१३ मतगणना हुँदा एमालेका कृष्णबहादुर थापाभन्दा गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका आचार्यले १ हजार ९५९ मतको अग्रता कायम गरेका हुन् । आचार्यले १५ हजार २८८ र थापाले १३ हजार ३२९ मत पाएका छन् ।
राप्रपाका शंकर खरालले १ हजार ५५६ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले ८ सय ६६ मत ल्याएका छन् ।
उपमेयरमा गठबन्धनकी उम्मेदवार कोपिला रानाभाट ३ सय ७० मतले अगाडि छिन् । कांग्रेसकी कोपिलाले १५ हजार ५९५ मत र एमालेकी मन्जुदेवी गुरुङले १५ हजार २२५ मत ल्याएकी छन् ।
राप्रपाकी रन्जना सेन पौडेलले १३ सय २३ मत ल्याएकी छन् । पोखरामा २ लाख ७ हजार ७१२ मतदाता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।





























प्रतिक्रिया