काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन्। अध्यक्षमा (नेकपा माओवादी केन्द्र)का इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन्। 

अध्यक्ष पदमा विजयी थिङले कूल आठ हजार १४६ मतमा चार हजार ४८५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का शेखर लामाले तीन हजार १५६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा जिम्बाले चार हजार ३२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङले दुई हजार ९८७ मत प्राप्त गरिन् ।

मतपरिणामअनुसार वडा नं १ मा माओवादीका सन्तमान थिङले ५४८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका आशराम गोलेले ५४७ मत प्राप्त गरे। वडा नं २ मा कांग्रेसका दशरथ लामाले ४९८ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर थिङले ४६६ मत प्राप्त गरे । 

वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का सागर लामाले ५५० त प्राप्त गरे विजयी भए भने निकटतम प्रतिस्पर्धी एमालेका जयबहादुर लुङ्गेली मगरले २३९ मत प्राप्त गरे। वडा नं ४ मा माओवादीकै निशान मोक्तानले ४०६ मत प्राप्त गरि विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका क्षेत्रबहादुर वाइबाले ३६४ मत प्राप्त गरे ।

त्यसैगरी वडा नं ५ मा माओवादीकै बुद्धिबहादुर स्याङ्तानले ५३३ मत प्राप्त गरि विजयी भए भने निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद तिमल्सिनाले ४२४ मत प्राप्त गरे । वडा नं ६ मा कांग्रेसका बृहस्पति घिसिङ ८४१ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका मानबहादुर गोलेले ६३१ मत प्राप्त गरे । वडा नं ७ मा नेकपा एमालेका रामबहादुर मुक्तानले ७४१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका क्षेत्रमान घ्याबाले ७२० मत प्राप्त गरे ।

जिल्लामा हालसम्ममा दूई पालिकाको नतिजा सार्वजनिक भएकोमा कोसीपारिस्थित भुम्लु गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भए । अन्य पालिकाको मत गणना कार्य जारी रहेकामा धुलिखेल नगरपालिकाको भने विवादका कारण अहिले रोकिएको छ ।

Skip This
Skip This
Logo