काठमाडौं महानगरमा केशव स्थापितको वडामा मतगणना सुरु

काठमाडौं महानगरमा केशव स्थापितको वडामा मतगणना सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरको वडा नम्बर २८ अर्थात एमालेका मेयर उम्मेदवार केशव स्थापितको वडामा मतगणना सुरु भएको छ। यही वडामा स्थापितले भोट खसाएका थिए ।

स्थापितको वडामा २०० मत गनिसक्दा स्थापितले अग्रता लिएका छन् । उनी ६० मतसहित अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले भने ४६ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहले ३३ मत ल्याई तेस्रो स्थानमा छिन् ।

समग्रमा भने बालेनले अग्रता कायम नै राखेका छन्। बालेनको पक्षमा हालसम्म १७ हजार ३१ मत आएको छ, भने स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेका छन् ।

Skip This
Skip This
Logo