काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा पछिल्लाे समय ५ सय मतगणना हुँदासम्म नेकपा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहभन्दा ८ मतले अगाडि छन् ।
आफ्नो वडाको मत गणनामा सुरुवातबाटै अग्रता लिन सुरु गरेका स्थापितले ५ सयमा १३६ मत पाएका छन् भने बालेनले अहिलेसम्म १२८ मत पाएका छन् । आफ्नै वडामा पनि स्थापितले साेचेजस्ताे मत पाउन भने सकेका छैनन् ।
त्यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १०० मत ल्याएकी छन् ।
अन्य बाँकी सबै वडामा बालेन नै अगाडि रहेका छन् ।































प्रतिक्रिया