विराटनगर महानगरमा नागेशकाे अग्रता कायमै

विराटनगर महानगरमा नागेशकाे अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

विराटनगर महानगरपालिकामा मत गणना जारी छ । गठबन्धनका तर्फबाट यहाँको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले हालसम्म १६ हजार ३६१ मत प्राप्त गरेका छन् । 

उनलाई पछ्याइरहेका नेकपा एमालेका सागरकुमार थापाले १२ हजार ७६ मत ल्याएका छन् ।

यो महानगरको उपमेयर पदमा भने एमाले अगाडि छ। एमालेकी उम्मेदवार शिल्पा कार्कीले हालसम्म १३ हजार ७२१ मत ल्याएकी छन् भने जसपाका आरेन्द्र यादवले ८ हजार २४६ मत प्राप्त गरेका छन् ।

Logo