गठबन्धनलाई पराजित गर्दै भक्तपुरकाे सूर्यविनायकमा एमाले विजयी

गठबन्धनलाई पराजित गर्दै भक्तपुरकाे सूर्यविनायकमा एमाले विजयी

केन्द्रबिन्दु
0
Shares

भक्तपुरकाे सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेले जितेकाे छ। यहाँ एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका हुन् । 

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार निशान ढुंगेललाई १ हजार ५२६ मतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७५८ मत ल्याए भने ढुंगेलले १३ हजार २३२ मत पाएका छन् । निर्वाचित मेयर थापा सो नगरपालिकाका निवर्तमान मेयरसमेत हुन् । 

त्यसैगरी उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले १३ हजार ४९० मत पाएर विजयी भएकी हुन् । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एसका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८२९ मत अन्तरले पराजित गरेकी हुन् । बस्नेतले ६ हजार ६ सय ६१ मत मात्र पाएका छन् । 

Logo