सप्तरीको बलान बिहुल गाउँपालिकामा सिके राउतको जनमत पार्टी विजयी

सप्तरीको बलान बिहुल गाउँपालिकामा सिके राउतको जनमत पार्टी विजयी

केन्द्रबिन्दु
0
Shares

सप्तरीको बलान विहुल गाउँपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टी विजयी भएको छ ।

अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका हुन् । यादव २ हजार ९ सय ९४ मतसहित अध्यक्षमा विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवीनकुमार झाले २ हजार २ सय ४७ मत प्राप्त गरे ।

रेणु २ हजार ६ सय ९० मतसहित उपाध्यक्षमा निर्वाचित भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकै आशदेवी मण्डलले २ हजार ३ सय ४ मत प्राप्त गरिन् ।
 

Logo