यी दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख

यी दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न सफल भएका छन् । 

एक सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहेका छन् । 

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसथा सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । हालसम्म ५७० वटा पालिकाको मतगणना सकिएको छ भने १८३ वटामा मतगणना जारी रहेको छ । 

अन्तिम मतपरिणाम आइसकेका ५७० वटा पालिकामध्ये २५३ वटामा नेपाली कांग्रेस, १६४ मा नेकपा एमाले र १०५ वटामा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवारले जितेका छन् । 

Logo