चितवनको भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर थप फराकिलो पार्दै लगेकी छन् ।
हालसम्म ४५ हजार ६० मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १६ हजार ६८९ मत पाएकी हुन् । उनलाई एमालेका विजय सुवेदी १३ हजार ४१० मतले पछ्याइरहेका छन्। रेनु विजय भन्दा ३ हजार २७९ मतले अघि छिन्।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९१५ मत पाएका छन्।





























प्रतिक्रिया