अर्धकट्टीसहितका मतपत्र भेटिएपछि काभ्रेको धुलिखेलको मतगणना पुनः स्थगित

अर्धकट्टीसहितका मतपत्र भेटिएपछि काभ्रेको धुलिखेलको मतगणना पुनः स्थगित

केन्द्रबिन्दु
0
Shares

काभ्रेको धुलिखेल नगरपालिकाको मतगणना फेरि स्थगित भएको छ। वडा नम्बर ११ को मतगणनाका क्रममा अर्धकट्टीसहितका ६१ मत पत्र भेटिएपछि मतगणना फेरि स्थगित भएको हाे।

यसअघि पनि विवादले यहाँ मतगणना रोकिएको थियो । उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भएपछि उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्ने विषयमा भएकाे विवाद पछि राेकिएकाे मतगणना तीन दिनपछि सुरु भएकाे थियाे ।

यहाँ स्वतन्त्र उम्मेदवार विदुर बस्नेत र एमालेका उम्मेदवार अशाेक व्याञ्जुवीच तिव्र प्रतिस्पर्धा भइरहेकाे छ । 

Skip This
Skip This
Logo