काभ्रेको तेमाल गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

काभ्रेको तेमाल गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

केन्द्रबिन्दु
0
Shares

काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद दुवैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्थानीय तह निर्वाचन ०७९ को मतगणनाको सम्पन्न मतपरिणामअनुसार तेमाल गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चन्द्रबहादुर तामाङ र उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का दलमान थोकर (डिएम) विजयी भएका हुन्।

जसअनुसार अध्यक्षमा विजयी तामाङले ७ हजार ७७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ८७० मत प्राप्त गरे। 

त्यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का थोकरले ६ हजार ५५१ मत प्राप्त गरि विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सम्तेन थिङले ४ हजार ९५२ मत प्राप्त गरे।

पालिकाको वडामा क्रमशः वडा नं १ मा एमालेका इन्द्रबहादुर अधिकारीले ५३१ मत प्राप्त गरि विजयी भएका छन् भने वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का देवराज तामाङले ५७७ मत प्राप्त गरि विजयी भए।

त्यस्तै वडा नं ३ मा कांग्रेसका विष्णुबहादुर तामाङले ३१७ मत, वडा नं ४ मा एमालेका पेम्बा तामाङले ४८२ मत, वडा नं ५ मा नेकपा (माओवादी केन्द्र)का हजार सिं लामाले एक हजार २१७ मत, वडा नं ६ मा नेकपा (माओवादी केन्द्र)कै प्रेमबहादुर तामाङले ६६७ मत, वडा नं ७ मा नेपाली कांग्रेसका इन्द्रबहादुर तामाङले ७२२ मत, वडा नं ८ मा कांग्रेसकै तेमाल सिं तामाङले ५६६ मत र वडा नं ९ मा नेकपा (माओवादी केन्द्र)का चन्द्रबहादुर लामाले ७८० मत प्राप्त गरि विजयी भएका छन् ।

Logo