नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्रलाई दोब्बर मतले हराउँदै उपमहानगरपालिका प्रमुखमा विजयी भएका हुन् । विष्टले २३ हजार ४६० मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरे ।
विष्ट गठबन्धनका साझा उम्मेदवारसमेत हुन् । यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन् । नेपालगञ्जमा जसपाले ६ वडाध्यक्ष, नेपाली कांग्रेसले ५ वडाध्यक्ष, माओवादी केन्द्रले ४ वडाध्यक्ष, एमालेले ५ वडाध्यक्ष र राप्रपाले ३ वडाध्यक्ष जितेको छ।































प्रतिक्रिया