केपी ओलीको गृहनगरमा एमाले पराजित, राप्रपाका थापा विजयी

केपी ओलीको गृहनगरमा एमाले पराजित, राप्रपाका थापा विजयी

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा नेकपा एमाले पराजित भएको छ । 

दमक नगरको प्रमुखमा राप्रपाले जित हासिल गरेको छ । एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमारी अधिकारीलाई  राप्रपाका रामकुमार थापाले ५५९ मतले हराउँदै विजयी भएका हुन् ।  

पूर्व नगर प्रमुख समेत रहेका थापाले १७५२५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६९६६ मत पाइन् । चुनावी चर्चाको केन्द्र रहेको यो नगरमा कांग्रेस-माओवादी र राप्रपाले एमाले विरुद्ध गठबन्धन गरेका थिए । 

उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनेकी छन्। उनले १७०७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६५७४ मत पाएका छन्। 

Skip This
Skip This
Logo