धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ २६ सय ६७ मतले अगाडि

धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ २६ सय ६७ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाको मेयरमा लौरो लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १५ हजार मत ल्याएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार मध्यान्ह १२ बजेसम्म ४७ हजार ९५ मतगणना भएको छ।

धरानमा अहिले वडा नम्बर १५ र १६ को गणना भइरहेको छ। १७ को गणना बाँकी नै छ। यस्तोमा साम्पाङले १५ हजार ७७ मत प्राप्त गरिसकेका छन्। हर्कले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईभन्दा २६६७ मतले अग्रता बनाएका छन्। 

राईले १२ हजार ४१० मत ल्याएका छन्। तेस्रो नम्बरमा रहेकी एमाले उम्मेदवार मञ्जु भण्डारीले १० हजार ११२ मत पाएकी छन्। उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १४ हजार ९७९ मत पाएका छन्। उनलाई पछ्याइरहेका एमाले उम्मेदवार पदम इस्वोले १३ हजार ७२६ मत ल्याएका छन्। 
 

Logo