भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रता

भरतपुर महानगरमा दाहालको सात हजार मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले करिब साढे सात हजार  मतले अग्रता लिएकी छन् ।

करिब ९० हजार मत गणना हुँदादाहालले ३५ हजार २३० मत प्राप्त गरेक छन् । नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ७६७ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८५२ मत प्राप्त गरेका छन् । उनिहरुको मतान्तर ७४९५ रहेको छ ।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिएकी छन् । अधिकारीले ३७ हजार ४३६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९५५ मत प्राप्त गरेका छन् । 
भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

Logo