काठमाडौंको वडा नं. १८ मा एमाले र १९ मा कांग्रेस विजयी

काठमाडौंको वडा नं. १८ मा एमाले र १९ मा कांग्रेस विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका-१८ को अध्यक्षमा नेकपा एमाले र १९ मा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । 

काठमाडौं-१८ मा नेकपा एमालेका उम्मेदवार न्हुछेकाजी महर्जन विजयी भएका छन् ।  महर्जनले १ हजार २९३ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजन महर्जनले ७७१ मत मात्र प्राप्त गरेका छन् । 

यस्तै वडा नम्बर १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ विजयी भएका छन् । उनले १ हजार २ सय मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गरेका छन् । 

Logo