सिरहा
मेडिकल शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँचका माग राखेर निरन्तर अनशन आन्दोलन गरेर सामाजिक अभियन्ताको बेग्लै पहिचान बनाएका डा. गोविन्द केसीले १४ औं अनशन तोड्दा जुस पिलाउने नथुनी रामको गाउँ सोठियाईनको बिपन्न बस्ती पुगेर तीन दिनसम्म उपचार गरेका छन् । सिरहाकोको बिपन्न बस्तीका सदा र राम गरि करिब २ सय परिवारलाई न्यानो कम्बल बाँडे । सोठियाईनको स्वास्थ्य चौकीमा यस भेगका बिरामीलाई उपचार गर्न डा. केसीलाई सघाईरहेका थिए डा। राज झा र स्वाथ्य चौकी प्रमुख (हेल्थ असिस्टेन्ट) कल्पना यादवले । डा. झा केसीका विद्यार्थी हुन् ।
डा. केसीले अधिकांश बिरामीसँग स्थानीय मैथिली भाषामै कुराकानी गरे । राम्ररी मैथिली बोल्न नआए पनि डा. केसी बिरामीका समस्या, लक्षण लगायत जानकारी स्थानीय भाषामै लिइरहेका थिए । स्थानीय महिला तथा सर्वसाधारणलाई नेपाली बोल्न कठिन भएको महसुस गरेरै डा. केसीले मैथिली बोल्ने कोशिस गरेको स्वास्थ्य चौकीकी प्रमुख यादवले बताईन ।
‘बिरामीलाई डाक्टरसाबले नेपालीमा सोध्दा त्यसलाई मैले मैथिलीमा अनुवाद गरेर बिरामीलाई बताईदिन्थे,’ यादवले भनिन्, ‘डाक्टरसाब अधिकांश बिरामीसँग आफैं मैथिलीमा सोध्नुहुन्थ्यो ।’ डा. केसीले मैथिलीमा सोध्दा स्थानीय बिरामीले समस्या बताउन सहज महसुस गरिरहेका थिए ।
‘उहाँले मैथिलीमा समस्या सोध्दा आफ्नै गाउँठाउँको डाक्टरजस्तो लाग्यो’,घुँडाका बिरामी सूर्यनारायण यादवले भने, ‘यति ठूलो र चर्चित डाक्टर यति सहज र सरल होलान् भन्ने हामीले सोचेकै थिएनौं ।
डा. केसीले सोमबार र मंगलबार दिनभर सिरहाको दक्षिणी भेगमा पर्ने सीमावर्ती सोठियाईन र नवराजपुरको दलित बिपन्नसँग बिताए । सोमबार बिहानै सोठियाईनका बिपन्न बस्तीमा कम्बल बाँड्दै उनी नवराजपुरका सदाय र राम बस्तीमा कम्बल बाँडेर उनीहरुको समस्या बुझेका थिए ।
नागरिकबाट































प्रतिक्रिया