सापटी दिएको पैसा फिर्ता नगरेपछि कञ्चनपुरमा युवतीद्वारा प्रेमीविरुद्ध उजुरी

सापटी दिएको पैसा फिर्ता नगरेपछि कञ्चनपुरमा युवतीद्वारा प्रेमीविरुद्ध उजुरी

केन्द्रबिन्दु
0
Shares

पैसा लेनदेनमा विवाद भएपछि कञ्चनपुरकी एक युवतीले आफ्नै प्रेमीविरुद्ध उजुरी दिएकी छिन् ।

युवतीले उजुरी दिएसँगै भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत सरोज रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।  

ती युवतीले प्रेमी रोकायालाई आवश्यक परेको बेलामा पैसा सापटी दिएकी थिइन् । तर, सो रकम फिर्ता माग्दा रोकायाले मदिरा सेवन गरेर उल्टै थर्काएपछि युवतीले उजुरी दिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo