‘जुलुस नै गर्ने हो भने न्यायालय किन चाहियो’ : देउवा

‘जुलुस नै गर्ने हो भने न्यायालय किन चाहियो’ : देउवा

केन्द्रबिन्दु
0
Shares

नुवाकोट ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र कानूनको व्याख्या अदालतले मात्र गर्न सक्ने भएकाले अदालतको निर्णय कुर्नुको विकल्प नरहेको बताएका छन् । अदालतको निर्णय अनुसार कांग्रेस अगाडि बढ्ने सभापति देउवाको भनाइ छ।

‘दबाब र जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो ?’, सभापति देउवाले शुक्रबार विदुरमा आयोजित कांग्रेस जिल्ला कार्यालय तथा बीपी स्मृति भवन उद्घाटन कार्यक्रममा भने, ‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन । हामी विधि र नीतिलाई मात्र मान्छौं। विचाराधीन मुद्दामा अदालतको निर्णय आउनु अगावै जुलुसमा कति मान्छे आए भनेर हुन्छ ? कांग्रेस निर्वाचन, जनता तथा अन्य कुनै पनि दलसँग डराउँदैन। देश विकासका लागि जनतासँग जान किन डराउने ?’

उनले कांग्रेस निर्वाचनसँग नडराउने बताए। सरकारले घोषणा गरेको निर्वाचन हुने स्थिति आए कांग्रेसले निर्वाचनमा भाग लिने उनको भनाइ थियो। उनले कांग्रेस हार्ने चिन्ता सत्तापक्ष तथा अन्य दलसँग भन्दा पनि आफ्नै दलका नेता, कार्यकर्तामा रहेको बताए। उनले कांग्रेसलाई कांग्रेसले नै हराउने डर मात्र रहेको उल्लेख गर्दै एकजुट भए फेरि देशको पहिलो ठूलो दल हुने दाबी गरे। अन्नपूर्णबाट

Logo