प्रदेश २ का नवनियुक्त प्रमुख राजेश झा ‘अहिराज’ पदभार ग्रहण गर्न जनकपुर पुगेका छन्।
पत्नी र छोरासँगै जनकपुर आएका झालाई समर्थकले भव्य स्वागत गरे यता प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहालाई स्वागतका लागि पठाएर औपचारिकता मात्र निर्वाह गरेको छ।
प्रदेश प्रमुख अहिराजलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतसहित अन्य ६ जना मन्त्रीमध्ये कोही पनि विमानस्थल गएनन् । यस अघिका प्रदेश प्रमुखलाई मुख्यमन्त्री तथा उनका मन्त्रीलेनै स्वागत गर्ने गरेका थिए।
प्रदेश प्रमुख झालाई विमानस्थलमै समर्थकले १ सय १ किलोकाे फूलको माला लगाएका थिए।
विमानस्थलको भीआईपी कक्षमा प्रमुख झालाई सञ्चारकर्मीले पदभार सम्हाल्न जनकपुर आउँदा तपाईंको रिएक्सन के छ भनेर प्रश्न गरेका थिए । जवाफमा झाले भने, ‘म आफ्नो घर आएको छु र अब रियाक्सन होइन एक्सन हुनेछ।’
उनको स्वागतमा नेकपाको ओली समूहका युवाले नगरमा मोटरसाइकल र्याली निकालेका थिए।अन्नपूर्णबाट
प्रतिक्रिया