काठमाडौंमा प्रदुषण अत्याधिक बढेपछि सवारीमा जोरबिजोर लागू गर्ने तयारी

काठमाडौंमा प्रदुषण अत्याधिक बढेपछि सवारीमा जोरबिजोर लागू गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ। हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ।

‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ।’

विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ। बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन्। विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदुषणमा थोरै सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ। 

सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ। प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ।नागरिकबाट

Logo