बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव फिर्ता हुने

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ। पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै तीन जना मन्त्रीले राजीनामा दिएका थिए।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। तर मंगलबार प्रदेश सभा सचिवालयमा उक्त प्रस्ताव फिर्ता लिने सूचना दर्ता गरिएको छ।

नेकपा एमालेकी सांसद रचना खड्काले मुख्यमन्त्रीविरूद्ध यसअघि दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिन लागेको बताइन्। फरक परिस्थितीमा अविश्वास प्रस्ताव दिइएको थियो। अहिले पार्टी एक भएको अवस्थामा परिस्थिति फेरिएको छ, त्यसैले अविश्वास प्रस्ताव फिर्ता लिन लागेको उनले बताइन्।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo