‘कारबाही रणनीतिले ओलीको संकट टर्दैन’

‘कारबाही रणनीतिले ओलीको संकट टर्दैन’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै माधव नेपाल समूहलाई कारबाहीको नीति अख्तियार गरे पनि उनलाई पार्टी संकटबाट उम्किन भने निकै कठिनाइ हुने देखिएको छ। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेर निषेधको राजनीति अघि बढाएपछि सिंगो एमालेको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। एमालेभित्रको विवाद बढ्दै जाँदा पार्टीमा असन्तुष्ट पक्षलाई कारबाही गरेर तह लगाउने नीति प्रधानमन्त्री ओलीले लिए पनि यस्तो नीति लिनु र नलिनुको कुनै अर्थ नहुने राजनीतिक विश्लेषण छ।

नेतृत्व लिनेले पार्टीलाई एकीकृत ढंगले नलैजाने हो भने कारबाही गरे पनि आगामी निर्वाचनमा एमालेले निकै ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ । यसबारे प्रधानमन्त्री ओलीले कारबाहीको रणनीति लिनुभन्दा मिलाउनतिरै लाग्नु उत्तम हुनेमा धेरै नेता सहमत देखिन्छन्। प्रधानमन्त्री ओलीले आफ्नो पदलाई निरन्तरता दिन अवरोध पुर्‍याउन खोजेकै कारण कारबाहीको रणनीति लिएको अनुमान छ। प्रधानमन्त्री ओलीले कुनै पनि बेला संसद्मा विश्वासको मत लिँदा माधव नेपाल समूहबाट ह्विप उल्लंघन नै गर्छन् भन्ने शंका गरिरहेको स्रोत बताउँछ। स्रोतका अनुसार परीक्षणस्वरूप अहिले प्रधानमन्त्री ओलीले नेपाल समूहका ३७ सांसदमध्ये दुईजनालाई कारबाही गरेका छन्।

नेतृत्व लिनेले पार्टीलाई एकीकृत ढंगले नलैजाने हो भने कारबाही गरे पनि आगामी निर्वाचनमा एमालेले निकै ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ । यसबारे प्रधानमन्त्री ओलीले कारबाहीको रणनीति लिनुभन्दा मिलाउनतिरै लाग्नु उत्तम हुनेमा धेरै नेता सहमत देखिन्छन्।

एमाले नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपछि कस्तो प्रतिक्रिया आउँछ, त्यसलाई हेरेर ओलीले थप कदम चाल्ने तयारी गरेको स्रोत बताउँछ। नेपाल समूहले एमालेभित्रै संघर्ष गर्ने बताउँदै आए पनि प्रधानमन्त्री ओलीले उनीहरूलाई कुनै पनि ठाउँ नदिने तयारी गरिरहेका छन्। धेरै समस्यामा पारे चारजनाको सांसद सदस्य पद नै जान सक्ने अवस्थाको पनि कारबाही प्रधानमन्त्री ओलीले गर्न सक्ने तयारी भएको स्रोतले बताएको छ ।

अहिले नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरे पनि सांसद पद कायमै रहनेछ। नेपाल समूह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको रणनीतिबाट निर्देशित भएको ओली समूहको आरोप छ । नागरिक दैनिकमास समाचार छ । 

Skip This
Skip This
Logo