नौ महिनामा १० खर्ब १६ अर्ब व्यापार घाटा, १३.१२ प्रतिशतले वृद्धि

नौ महिनामा १० खर्ब १६ अर्ब व्यापार घाटा, १३.१२ प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको हो। 

आयातको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा बढ्दै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार मूल्यको सामान आयात भएको छ। मुलुकले स्वदेशबाट विभिन्न देशमा नौ महिनामा जम्मा ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार मुल्यको मात्र सामान निर्यात भएको छ। मुलुकले अन्तर्राष्ट्रिय बजारमा आफ्नाे उत्पादन निर्यात गर्न नसक्दा व्यापार घाटा वर्षेनी बढ्दै गएको छ।

गतआर्थिक वर्षको तुलनामा निर्यात २०.२३ प्रतिशतले बृद्धि भएपनि व्यापार घाटा कम हुन सकेको छैन। गतआर्थिक वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १३.१२ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागको तथ्यांक अनुसार गतआर्थिक वर्षको नौ महिनामा मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा ९ खर्ब ३७ अर्ब १६ लाख १७ करोड ९ हजार रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको नौ महिनामा १२.४९ प्रतिशतले व्यापार घाटा बढेर १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ।

विभिन्न मुलुकसँगको व्यापार घाटा मध्ये सबै भन्दा धेरै छिमेकी मुलुक भारतसँग रहेको छ र चिनसँग रहेको छ। विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिनामा मुलुकको १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ व्यापार घाटा मध्ये भारतसँग मात्र ६ खर्ब ५६ खर्ब ५१ करोड ५८ लाख ८ हजार व्यापार घाटा रहेको छ। 

चालु आर्थिक वर्षको नौ महिनामा नेपालले भारतबाट ७ खर्बको २४ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ६८ अर्ब ४३ करोड रुपैयाँको मात्र निर्यात गरेको छ। यसैगरी चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ। नेपालले चीनबाट १ खर्ब ६४ अर्बको सामान आयात गरेको छ भने नेपाल चीनमा जम्मा ७९ करोड ६४ लाख रुपैयाँको सामान निर्यात गरेको छ।राजधानीबाट

Logo