निषेधाज्ञाका ​बेलामा पनि हुम्लामा खाद्यान्न ढुवानी धमाधम

निषेधाज्ञाका ​बेलामा पनि हुम्लामा खाद्यान्न ढुवानी धमाधम

केन्द्रबिन्दु
0
Shares

जिल्लामा निषेधाज्ञा जारी रहेका बेला खाद्यान्न ढुवानी गर्न निजी एयरलाईन्सहरुले दैनिक तेईससम्म उडान भर्न थालेका छन्। अत्याबश्यक बस्तु भित्र पर्ने खाद्यान्न ढुवानी निषेधाज्ञाका बेला पनि गर्न पाउने सरकारको निर्णय अनुसार हवाई मार्गबाट सडक यातायात नजोडिएको हुम्ला जिल्लामा खाद्यान्न ढुवानी धमाधम भएको हो।

कोरोना त्रास बढी रहेका बेला नेपालगंज र सुर्खेतबाट खाद्यान्न ढुवानी सुरु भएपछि दैनिक तेइससम्म उडान हुन थालेको नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले बताए। बिमानस्थलबाट बाहिर ढुवानी नगर्ने सर्तमा खाद्यान्न ढुवानी सुरु भएको हो। हुम्लामा आगामी बैशाख २८ गते बेलुका राति १२ बजेसम्म निषेधाज्ञा जारी छ। सो अवधिभर हवाई मार्गबाट ढुवानी भएको खाद्यान्न बिमानस्थलमै राख्न एयरलाई कम्पनी राजी भएपछि खाद्यान्न ढुवानी सुरु भएको थियो। जिल्लामा खाद्यान्न समस्या नहोस भन्नका लागि निषेधाज्ञाका बिच खाद्यान्न ढुवानी सुरु भएको हो।

वैशाख/जेठ महिनामा सधैं जिल्लामा खाद्यान्न समस्या हुने गरेको बिगतलाई मध्यनजर राखि यसपाली निषेधाज्ञा सुरु भएपछि पनि खाद्यान्न ढुवानी सुरु गरिएको थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायव सुब्बा भरत अधिकारीका अनुसार हाल पाँच सय क्वीन्टल खाद्यान्न बिमानस्थलमा स्टक भएको छ। खाद्यान्न ढुवानी हुने क्रम जारी रहेको छ। खाद्यान्न सीता र तारा एयरका जहाजहरुले ढुवानी गरि रहेका छन् ।गाेरखापत्रबाट

Logo