सरकारले आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएको भेरोसेल खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले जानकारी दिए।
सोमबार ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै विभागले खोपको उपलब्धता र जिल्लाको लक्षित संख्याको आधारमा तोकिएको उमेर समूहको माथिल्लो उमेरलाई प्राथमिकतामा राखि योजना बनाएर खोप दिन सकिने जनाएको छ। उनका अनुसार यहि अभियानमा यस अघि खोप लगाउन छुट स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, ईन्टर्न, ओ.जे.टी मा रहेका नर्सिङ्ग र पारामेडिक्सहरु (तर प्रत्यक्ष बिरामी जाँच, उपचार र हेरचाहमा संलग्नलाई मात्र) पहिलो मात्रा खोप दिन पाइने छ।
जारी सूचना अनुसार यसअघि ५५ वर्षमाथि उमेर समुहमा खोप दिइसकेका हिमाली जिल्लाहरुले सोहि उमेर समुहमा पहिलो मात्रा कोभिडविरुद्धको खोप लगाउन छुट व्यक्तिलाई खोप दिने व्यवस्था गर्न स्वास्थ्य सेवा विभागले अनुरोध गरेको छ।
तिब्बतसँग सिमाना जोडिएका जिल्लाका पालिकाहरुमा यस अघि खोप लगाउन बाँकी १८ वर्ष माथिका सबै नागरिकहरुलाई पहिलो मात्रा खोप दिने सकिने सिंहले बताए।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरुले ६० देखि ६४ वर्ष उमेर समुहको लक्षित समुहलाई खोप दिन योजना बनाई व्यवस्थापन गर्नुपर्ने छ। विभागले यसअघि संचालन भएको अभियानमा भेरोसेल पहिलो मात्रा लिई उपत्यका बाहिर गएको कारण वा अन्य कारणले दोसो मात्रा छुट भएका व्यक्तिहरुलाई खोपकार्डको अनुगमन गरी दोस्रो मात्रा भेरोसेल खोप दिन पाइने छ।अन्नपूर्णबाट





























प्रतिक्रिया