एमाले नेता खनालको स्वास्थ्यमा सुधार

एमाले नेता खनालको स्वास्थ्यमा सुधार

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन्। 

असार २ गते थप उपचारका लागि भारतको राजधानी दिल्ली लगिएका खनालको अपोलो अस्पतालमा उपचार भइराखेको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अपोलेमा उपचार भइराखेको र स्वास्थ्यमा क्रमिक सुधार भइराखेको छ। 

खनालसँगै दिल्ली गएका निर्भीक खनालसँग कुराकानी भइरहेको भन्दै स्वकीय सचिव भट्टराईले सामाजिक सञ्जालको प्रचार भन्दा यथार्थ बुझ्न अनुरोध गरेका छन्। उनले अनावश्यक प्रचार गर्ने व्यक्तिलाई कारवाहीको समेत माग गरेका छन्। 

स्वास्थ्यमा समस्या आएपछि जेठ ३१ गते थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारको लागि असार २ गते दिल्ली लगिएको हो। 

पूर्वप्रधानमन्त्री खनालको फोक्सोमा पानी जमेपछि श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकको सुझावमा दिल्ली लगिएको हो। किड्नी पीडित खनाले वैशाखमा मात्र कोरोना जितेका हुन्।अन्नपूर्णबाट

Logo