प्रकाश ज्वालाबाहेक एमाले कर्णालीका तीन सांसद फेरि एक महिनाका लागि निलम्बित

प्रकाश ज्वालाबाहेक एमाले कर्णालीका तीन सांसद फेरि एक महिनाका लागि निलम्बित

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बनमा परेका छन् । 

माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसदलाई एमाले कर्णाली प्रदेश संसदीय दलले निलम्बनको निर्णय गरेको हो । 

कर्णाली प्रदेशसभा सचिवालयले सूचना सार्वजनिक गर्दै एमाले संसदीय दलको बैठकले अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निलम्बन गरेको जानकारी गराएको छ। 

कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले सूचना सार्वजनिक गर्दै उनीहरुलाई निलम्बन गरिएको जानकारी दिएका हुन्। 

यसअघि पनि सांसद प्रकाश ज्वालासहित उनीहरुलाई सांसदबाट निलम्बन गरिएको थियो। सर्वोच्चले पुनर्बहाली गरेपछि कर्णाली प्रदेश सरकारमा मन्त्री बनेका तीन नेतालाई फेरि निलम्बनको निर्णय गरिएको हो। यसपटक ज्वाला भने निलम्बनमा परेका छैनन् ।अन्नपूर्णबाट

Logo