जहाँ ‘टावर’ कुर्दै यसरी झुन्ड्याइन्छ मोबाइल

जहाँ ‘टावर’ कुर्दै यसरी झुन्ड्याइन्छ मोबाइल

केन्द्रबिन्दु
0
Shares

मापदण्ड विकसित मुलुकका आधारमा बनाइने तर त्यसअनुरूप पूर्वाधार विकास नगरिँदा हेटौंडा उपमहानगर क्षेत्रकै ग्राहक नेटवर्क आउने प्रतीक्षामा मोबाइललाई बार्दलीमा झुन्ड्याउन बाध्य छन्। हेटौंडा उपमहानगर क्षेत्रमै मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो।

सञ्चारको युगका रूपमा रहेको समयमा हेटौंडा–१७ मा रहेको बुंगे गाउँमा मोबाइललाई घरको बार्दलीमा झुण्ड्याएर राख्नुपर्ने बाध्यता छ। मोबाइललाई घरमा झुन्ड्याएर राखिएको देखेपछि घरका एक सदस्यलाई मोबाइललाई किन यसरी झुन्ड्याएर राख्नुभएको भन्दा उनकाे जवाफ थियो– ‘के गर्नु हजुर, झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीं मात्र टावर आउँछ। आफन्तलाई फोन गर्न पाइन्छ कि भनेर यसरी राखेका हौं।’

मकवानपुरको सदरमुकाम भनेर चिनिने हेटौंडाका घरमा ल्यान्डलाइन र एडीएसएल कछुवा गतिमा इन्टरनेट सेवा चले पनि भित्री वडामा मोबाइल नेटवर्क र डाटा प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्क राम्रोसँग चल्ने नगरेको नागरिकको गुनासो छ।

गाउँघरका युवाले डाटा लिएर मोबाइलबाट प्रत्यक्ष भिडियो कल र सम्पर्क गर्न मोबाइल नेटवर्क प्रयोग गर्दै आएका छन्। लामो समयसम्म पनि नेटवर्कमा समस्या आउँदा पनि टेलिकमले सुनुवाइ नगर्दा आफूहरु घरबाहिर रहेका आफन्तबाट सम्पर्कविहीन हुनुपरेको हेटौंडा–१७ कि रमा घलानले गुनासो गरिन्। ‘कुनै समयमा फोनको घण्टी बजिरहेको अवस्थामा हतार–हतार घरबाट ५ सय मिटरको दुरीमा निस्कनुपर्छ। अनि बल्ल उताबाट बोलेको सुनिन्छ। घरभित्रबाट बोल्नु त रहरमात्र हो।’–उनको भनाइ छ।

मकवानपुरमा हाल नेपाल टेलिकमले ७० वटाभन्दा बढी टावर राखेको छ। त्यसमध्ये उपमहानगरमा २५ वटा रहेको नेपाल टेलिकम मकवानपुर कार्यालयले जनाएको छ। मकवानपुरमा टावर नटिप्ने समस्या देखिनुमा जंगल तथा जति ग्राहकले टेलिकमको सिम चलाए, त्यहीअनुसार टावरको क्षमता घट–बढ हुने टेलिकमको भनाइ छ।

कल कायम हुन लाग्ने समय, कल सफलता दर र आफैं कल काटिने दरलाई हेर्दा कम्पनीले तोकिएका मापदण्ड पूरा गरेको देखिँदैन। बारम्बार मोबाइल सेवाको गुणस्तर कमजोर रहेको भन्ने उपभोक्ताको गुनासो आइरहेका बेला प्राविधिक परीक्षणले पनि त्यसलाई पुष्टि गरेको विभिन्न प्रतिवेदनले देखाएको छ।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo