समुदायमा संक्रमण बढेको आशंका, टेकु अस्पतालमा एक्कासी बढे विरामी

समुदायमा संक्रमण बढेको आशंका, टेकु अस्पतालमा एक्कासी बढे विरामी

केन्द्रबिन्दु
0
Shares

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ का विरामी एक्कासी बढ्दै गएका छन् । अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय सङ्क्रमण दर विस्तारै कम हुँदै गएको भए पनि पछिल्लो हप्तादेखि फेरि एक्कासी बिरामी संख्या बढ्दै गएको छ । जुन युवा र मध्ये उमेर समूहमा लक्षित छ ।

‘मानिसहरुको जमघटका काराणले कोरोना संक्रिमितको संख्यामा वृद्धि भइरहेको छ । ४० वटा साधारण बेड र २४ वटा आईसीयू बेड भरीसकेका छन्’, उनले भने । सम्भावित महाविपतिलाई रोक्नको लागि पहिलो र दोस्रो वेभको बीचको अन्तरालमा धेरै कुराहरुको तयारी आवश्यक रहेको बताउँछन् ।

तेस्रो लहरमा बालबालिका वढी जोखिममा हुनसक्ने उनी बताउँछन् । ‘तर अझै आमूल रुपमा कोभिड १९ कति बढ्छ भन्ने एकिन गर्न भने सकिन्न’, उनले भने, ‘अभिभावकले यसलाई आतंकको रुपमा विश्वास नगरी बरु बालबच्चालाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न अगाउनु पर्छ ।’ गोरखापत्र दैनिकबाट

Skip This
Skip This
Logo