खाद्यान्नमा परनिर्भरताः वीरगञ्ज नाकाबाट ४२ अर्बको धान, चामल र गेडागुडी आयात

खाद्यान्नमा परनिर्भरताः वीरगञ्ज नाकाबाट ४२ अर्बको धान, चामल र गेडागुडी आयात


गत आर्थिक वर्षमा वीरगञ्ज नाका भएर करिब ४२ अर्ब रुपैंयाँ बराबरको धान,चामल र गेडागुडी आयात भएको छ। 

गत आर्थिक वर्षमा वीरगञ्ज नाका भएर विभिन्न मुलुकबाट ४१ अर्ब ९३ करोड रुपैंयाँको धान,चामल र गेडागुडी आयात भएको हो। वीरगञ्ज नाकामा रहेका वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्क अनुसार भारत तथा तेश्रो मुलुकबाट करिब ४२ अर्ब रुपैंयाँ बराबरको धान, चामल, गहुँ, मकै, भटमास, फापर, कोदो, चना, केराउ, बोडी र सिमीका गेडा लगायतका खाद्यान्न आयात भएको देखिन्छ।

आर्थिक वर्ष २०७७/०७८ मा वीरगञ्ज भन्सार भएर १८ अर्ब १६ करोड ४८ लाख ३८ हजार रुपैंयाँ र सिर्सिया सुख्खा बन्दरगाह भन्सार भएर २३ अर्ब ७६ करो रुपैंयाँको खाद्यान्न आयात भएको हो।
आयात भएको खाद्यान्नमा सबैभन्दा बढी ३० लाख ३४ हजार ९६२ मेट्रिक टन धान आयात भएको देखिन्छ। ३० लाख ३४ हजार ९६२ मेट्रिक टन धान ८ अर्ब ८१ रुपैयाँमा खरिद गरि आयात भएको तथ्याङ्कले देखाएको छ।

धान मात्र होइन आर्थिक वर्ष २०७७/०७८ मा वीरगञ्ज नाका भएर ५८ हजार ८९५ मेट्रिक टन चामल आयात भएको छ। त्यस्तैगरि ६४ हजार ७ सय १० मेट्रिक टन गहुँ , एक लाख ४ हजार २ सय १५ मेट्रिक टन भटमास, ७ लाख ४ हजार ३ सय ८८ मेट्रिक टन मकै आयात भएको छ। त्यस्तै ८० हजार १ सय ४७ मेट्रिक टन केराउ , ५३ हजार ७ सय ७२ मेट्रिक टन सिमी , ६२ हजार ७ सय ६ मेट्रिक टन चना , १३ हजार ५ सय ५६ मेट्रिक टन फापर र कोदो समेत वीरगञ्ज नाकाबाट भित्रिएको छ।गाेरखापत्रबाट

Logo