प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ। ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर एक सय रुपैंयाँ घुस दिंदा सिन्धुलीमा तीनजना सवारी चालक र सहचालक प्रहरी नियन्त्रणमा परेका हुन्।
शनिबार उदयपुरबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ३०७८ नम्बरको हायस समय अघि नै खुर्कोट चेकपोष्टमा पुगी टामइमकार्ड इन्ट्री गराउने क्रममा प्रहरीलाई एक सय रुपैंयाँ घुस खुवाउन खोज्दा उक्त हायसका चालक गाईघाट नगरपालिका ११ उदयपुरका वर्ष २८ का मनोजकुमार तामाङ प्रहरी नियन्त्रणमा परेका हुन्।
यस्तै हायसका सहचालक महोत्तरी नगरपालिका १० का वर्ष १९ का सुनिल शाहलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी मनोजकुमार लामाले जानकारी दिए। सहचालक शाहले टाइम कार्डभित्र एक सय रुपैयाँ राखेर प्रहरीलाई घुस दिएर समय मिलाउन खोजेका थिए।
उता काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको बा ३ ख ७४६८ नम्बरको बसका सहचालक कटारी नगरपालिका २ उदयपुरका २० वर्षका पदम लगुनसमेत पक्राउ परेका छन्। ‘कमलामाई नगरपालिका ६ माझिटार स्थित ट्राफिक चेक पोष्टमा बस इन्ट्री गराई टाइम कार्ड रेकर्ड गराउने क्रममा प्रहरी जवान लखनप्रसाद यादवलाई पाँच सय रुपैयाँ घुस दिन खोज्दा लगुनलाई नियन्त्रणमा लिइएको हो’, लामाले भने।
पक्राउ गरेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेर आवश्यक अनुसन्धान कार्य सुरु गरिएको छ। बीपी राजमार्गमा दुर्घटना कम गराउँदा सिन्धुलीको भिमानदेखि नेपाल थोकसम्म टाइमकार्ड लागू गरिएको छ।अन्नपूर्णबाट





























प्रतिक्रिया