कांग्रेस निर्वाचन निर्देशिकाकाे ‘छपाइ धमाधम’

कांग्रेस निर्वाचन निर्देशिकाकाे ‘छपाइ धमाधम’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउने भनिएकोमा ६ गतेसम्म सार्वजनिक नभएको कारण खुलाउँदै केन्द्रीय निर्वाचन समितिले ‘छपाइ धमाधम भइरहेको’ जनाएको छ।

१४औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यका साथै निर्वाचन निर्देशिका पनि अझै सार्वजनिक गरेको छैन। कांग्रेसले श्रावण ३० गते सम्पन्न केन्द्रीय समितिको बैठकको सुझावअनुसार निर्वाचन निर्देशिका तयार गरी छपाइको लागि प्रेसमा पठाइसकेको बताइएको छ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएअनुसार आइतबार बसेको बैठकले निर्वाचन निर्देशिका पास गरि छपाइको लागि प्रेसमा पठाइएको हो। ‘आजको बैठकले निर्वाचन निर्देशिका पास गरि छपाईको लागि पठाइएको कुरा लेख्दिनुस्’ सचिव श्रेष्ठले भने– अहिले सार्वजनिक गर्न भने मिल्दैन ।

यसअघि केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूचीसम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिका भाद्र १ गतेभित्र सहमतिमा टुङ्गो लगाई २ गते सभापति शेरबहादुर देउवालाई बुझाउने भनिएको थियो।

सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरि निर्वाचन निर्देशिकालाई संशोधन गर्न जिल्ला सभापतिहरूले माग गरिरहे पनि निर्वाचन निर्देशिका सार्वजनिक नहुँदा जिल्ला सभापतिहरूको माग सम्बोधन भयो वा भएन भन्ने कुरा थाहा हुन सकेको छैन।

निर्वाचन समितिका सचिव श्रेष्ठले महाधिवेशनको लागि सबै जिल्लामा निर्वाचन अधिकृतको पनि चयन भइसकेको बताएका छन्। अहिले नाम सार्वजनिक गर्न मिल्दैन भन्दै उनले निर्वाचन अधिकृतको छनोट भने भइसकेको बताए। यसअघि कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि जिल्लाको लागि निर्वाचन अधिकृत चयन भइसकेको जनाउँदै केही दिनभित्र सबै निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाउने तयारी भएको बताएका थिए।नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo