१६ करोड ऋण लागेको भन्दै धुर्मुस-सुन्तलीले रोके क्रिकेट रंगशालाको काम

१६ करोड ऋण लागेको भन्दै धुर्मुस-सुन्तलीले रोके क्रिकेट रंगशालाको काम

केन्द्रबिन्दु
0
Shares

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारफिटका २८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारफिट तयार भएर भीआइपी टावर बनाउन थालिएको छ। टावर वान को फिलर उठाइसकेर बिम ढलान हुँदैछ । ८ वटा पिच बन्न बाँकी छ ।

तर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको छ। ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको प्यारफिट निर्माण भयो, अब पिच बन्नेबितिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ’, फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्‍यौं । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो। एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौं।’

२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो । तर खर्च अभावमा बीचैमा अलपत्र भएको छ। कान्तिपुरबाट

 

Skip This
Skip This
Logo