दश जिल्लाहरुमा कांग्रेस अधिवेशन सम्पन्न, तीन जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै

दश जिल्लाहरुमा कांग्रेस अधिवेशन सम्पन्न, तीन जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली कांग्रेसको दश वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस चौधौं केन्द्रीय महाधिवेशनको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार मंगलबारसम्ममा ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला र रुकुमपूर्वमा अधिवेशन सम्पन्न भएको हो।

कांग्रेस महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा रुकुम, बारा र रसुवा गरी तीन जिल्लाहरुमा क्रियाशील सदस्यता विवाद सहमति हुन नसकेको यादवको भनाइ छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दशैं अघिसम्म हिमाली जिल्लाहरुमा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको थियो तर सबै जिल्लाहरुमा अधिवेशन अझै सुरु हुन नसकेको यादवको भनाइ छ।

‘डोल्पामा निर्वाचन अधिकृतले राजीनामा दिए। म्याग्दीमा निर्वाचन सार्ने सहमति भएको छ। बझाङमा पनि अझै अधिवेशन सुरु भएको छैन। त्यहाँ २१ गते अधिवेशन गर्ने व्यवस्था मिलाइएको छ। १३ जिल्लाहरु शून्य अवस्थामा छन्।’, यादव बताउँछन्।गाेरखापत्रबाट

Skip This
Skip This
Logo