यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

केन्द्रबिन्दु
0
Shares

देशका पहाडी भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव सोमबार पनि परेका कारण प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भवना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्। आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ७.३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । 

Skip This
Logo