दुई नेपाली टोली पब्जी विश्वकपकाे अन्तिम चरणमा

दुई नेपाली टोली पब्जी विश्वकपकाे अन्तिम चरणमा


युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् ।

चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगिताको १६  टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ ।

प्रतियोगिताको अन्तिम चरणमा पुगेका १६ वटै टिमले पुरस्कार पाउने भएकाले नेपाली दुई टोली डीआरएस र टिटुकेले कम्तिमा एक–एक करोड रुपैयाँ पाउने निश्चित भएको छ । यो प्रतियोगिताको कूल पुरस्कार रकम ४० लाख रुपैयाँ छ । उक्त रकम १६ वटै टोलीलाई उनीहरुले प्राप्त गरेको अंकको आधारमा बाँडिन्छ । खेलमा उनीहरुले बढाउने अंकको आधारमा रकम पनि थपिंदै जान्छ ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा टिटुकेकी व्यवस्थापक संगिता गुरुङले आफूहरुले ८० हजार डलर पाउने सुनिश्चित गरेको बताएकी छन् । यसैगरी डीआरएसका व्यवस्थापक संगीन भट्टराईले आफ्नो समूहले ७२ हजार डलर सुरक्षित गरिसकेको बताएका छन् ।

अन्तिम १६ को सूची

 

Logo