चालक अनुमतिपत्र नविकरण अब पाल्पाबाटै

चालक अनुमतिपत्र नविकरण अब पाल्पाबाटै


सवारी चालक अनुमतिपत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । 

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमतिपत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए । कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमतिपत्र नविकरणको काम थालेको छ । 

तानसेन नगरपालिका–७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नविकरणको काम थालिएको प्रमुख सुनारले बताए । 

Logo