नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, फिचर स्टोरीहरू दिंदै आएको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले रेडियो तथा अनलाइनसम्बन्धी सहकार्य अघि बढाएकाे छ ।
नेपाली पात्रोले रेडियो तथा अन्य डिजिटल मिडियाहरुसँग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरुले आ-आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसँग अपडेट बस्न मिल्ने व्यवस्था गरेको हो ।
उक्त सहकार्यका लागि नेपाली पात्रोको मिडिया म्यानेजर आशिस कार्कीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विगत १० वर्षभन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मेडियासँग नजिक रहेका कार्की नेपाली रेडियोलाई डिजिटल प्रबिधिमैत्री बनाउन महत्वपूर्ण भूमिका रहेको छ।
नेपाली पात्रो एप नेपालको पहिलो कम्यूनिटी एप हो । यो एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको विस्तृत विवरण, दैनिक, साप्ताहिक मासिक तथा वार्षिक राशिफल, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर, सुन चादीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्श सेवा लगायत अन्य धेरै सुविधाहरु छन् ।































प्रतिक्रिया