काठमाडौंको दरबारमार्गमा रहेको डिभान ब्युटि सोलनले यहि जेठ १३ गते शनिबारका दिन जम्मा ६ रुपैयाँमा हेयर कट र नेल आर्टको सेवा दिने भएको छ ।
सेवा शुभारम्भको छैटाैँ वार्षिकोत्सबको अवसरमा ६ रुपैयाँमा नै सेवा दिन लागिएको डिभान प्रवन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिएका हुन् । कम शुल्कमा गुणस्तरीय सेवा दिइरहेपनि वार्षिकोत्सबक दिन अझै धेरै नेपालीलाई सेवा दिन सकियोस् भनेर ६ रुपैयाँमा सेवा दिने निर्णय गरिएको डिभानले जानकारी दिएको छ ।
यो अफरले धेरै भन्दा धेरैले डिभानको गुणस्तरीय सेवा लिन पाउने भएकाले हरेकपटक वार्षिकोत्सबका दिन वार्षिकोत्सब अनुसारको शुल्कमा सेवा दिने कम्पनीले जनाएकाे छ । आगामी वर्षमा काठमाडौं थप ६ ठाउँमा मिनी सलुन सुरु गरेर सेवा थप विस्तार गर्ने र चाँडै काठमाडौं बाहिरका शहरहरुमा पनि सेवा विस्तार गर्ने बताइएकाे छ ।































प्रतिक्रिया