ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्रयाक्टरका सहचालक थिए।  मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुर्घटनाबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
 

Skip This
Skip This
Logo