नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आज पनि बयान जारी छ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार भनिएका सानु भण्डारी र गोविन्द चौधरीको बयान लिन थालिएको हो । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सानु भण्डारीले एक करोड ६० लाख रुपैयाँ नगद दिएकाे र छोरा सन्दीप रायमाझीले बैंकखातामा ४० लाख रुपैयाँ लिएको अभियोगपत्रमा उल्लेख थियाे ।
शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि आरोपितहरुको बयान लिन थालिएको हो । मंगलबार इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान लिइएको थियो । त्यसअघि टंककुमार गुरूङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशवप्रसाद दुलाल र सागर राईको बयान लिइसकेको छ ।
यस प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएकाे छ। तीमध्ये १७ जना पक्राउ परिसकेका छन् । यो साताभर उनीहरुको बयान लिइसक्ने सम्भावना छ । बयान सकेपछि थुनछेक बयान हुनेछ।





























प्रतिक्रिया