नागरिकताविहीनहरुको गुनासोः विदेशीले आजको भोलि पाउँछन् तर सच्चा नेपालीले पाउँदैनन्

नागरिकताविहीनहरुको गुनासोः विदेशीले आजको भोलि पाउँछन् तर सच्चा नेपालीले पाउँदैनन्

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय नागरिकताविहीन समितिको अध्यक्ष इन्द्रजित साफीले नेपालमा विदेशीले नागरिकता पाउन सजिलो तर वास्तविक नेपालीले पाउन गाह्राे भएको गुनासो गरेका छन् । 

नागरिकताविहीन संघर्ष समितिले सर्वोच्चको आदेशविरुद्ध बुधबार गरेको प्रदर्शनमा उनले कुनै नेपालीले विदेशीसँग विवाह गर्दा आजको भोलि नागरिकता पाउने व्यवस्था छ तर आफ्नै देशको नागरिकले नागरिकता नपाएको भन्दै आक्रोश व्यक्त गरे। 

उनले भने, 'मेरो बुबा आमाले नेपाली नागरिकता पाईसकेको छ, म नेपालमा जन्मे, नेपालमा पढेँ, नेपालमा हुर्के र मैले नेपालकै केटीसँग विवाह गरे भने पनि मैले नागरिकता पाउँदिन । यदि कुनै नेपालीले विदेशीसँग विवाह गर्यो भने आजको भोलि नै नागरिकता पाउँछ । अहिले पनि यो देशमा विदेशीले नागरिकता पाउन सजिलो छ तर वास्तविक नेपालीले पाउन गाह्राे छ ।'

उनले राजनीतिले आफ्नै देशका जनताहरुलाई मारिरहेको भन्दै यहि कारणले देश अगाडि बढ्न नसकेको बताए । उनले भने, 'यो राजनीतिले आफ्नै देशका जनताहरुलाई मारिराछ । यो देश अगाडि नबढ्नुको प्रमुख कारण यही हो । जो व्यक्तिसँग सिप छ त्यो मान्छेहरुलाई चिन्न सकिरहेको छैन यो राजनीतिकर्मीहरुले । यो झुटो राजनीति हो जहिले पनि हाम्रो राष्ट्रियता माथि औला उठाउने काम गर्छन् ।'

यस्तै, प्रदर्शनमा सहभागी कानूनका विद्यार्थी सुदिप कुमार साहले नागरिकताको कुरा आउँदा इन्डियासँग जोडिएको भन्दै इन्डियाले नागरिकता दिन तयार छ भने इन्डियामा पनि गएर बस्न तयार भएको बताए । उनले भने, 'खासमा नागरिकता भन्दैमा इन्डियासँग जोडिन्छ । यदि इन्डियाले पनि नागरिकता दिन तयार छ भने हामी इन्डियामा पनि गएर बस्न तयार छौं । जसको नागरिकता थिएन उसलाई गृहमन्त्री बनाईयो उसलाई कारबाही गर्ने कोही पनि छैन । यहाँ विधिको कानून हैन, राजनीति र पहुँचको कानून छ ।'

Skip This
Skip This
Logo