सर्वोच्च अदालतमा गौर हत्याकाण्डसम्बन्धी रिट निवेदनमाथि सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ ।
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने गरी सोमबार पेसी तोकिएको हो । यसअघि उक्त रिट निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए। २०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।





























प्रतिक्रिया