बदनियत पूर्वक कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी भएको आरोपमा मुद्दा खेपेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मा दोषी ठहर भएका छन् ।
मंगलबार विशेष अदालतका न्यायाधिशहरु श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको हो । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय भएको सुनाइएको हो ।
साथै अदालतले दोषी तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीनै जनालाई जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना पनि तोकेको छ ।
अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो।































प्रतिक्रिया